नलप्रसाद भुषाल स्मृति प्रतिष्ठानद्धारा बिद्यार्थीलाई शैक्षिक सामग्री, बिद्यालयलाई ल्यापटप

पर्वत) । पर्वतको एक सामुदायिक विद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री र बिद्यालयलाई ल्यापटप प्रदान गरिएको छ । सामजिक कार्य गर्ने उद्देश्यले गत बर्ष स्थापना भएको ‘नलप्रसाद भुषाल स्मृति प्रतिष्ठान’ ले फलेवास नगरपालिका–६ देविस्थानमा अवस्थित कालिका प्राथमिक विद्यालयका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री (कापी र कलम) र विद्यालयलाई एक थान ल्यापटप प्रदान गरेको हो ।

बिद्यार्थीहरुको आवश्यकता अनुसार शैक्षिक सामग्री र सामुदायिक विद्यालयमा आधुनिक सूचना प्रविधिको पहुँच वृिद्ध गरी प्रशासनिक र शिक्षण विधिमा सुधार गर्न सहयोग पु–याउने उद्देश्यले उक्त सामग्री प्रदान गरेको नलप्रसाद भुषाल स्मृति प्रतिष्ठानका सचिव शिवबहादुर क्षेत्रीले जानकारी दिनुभयो । बिद्यालयमा सोमबार आयोजित समारोहमा नेपाली काँग्रेसकी महिला नेत्री एवम् महाधिवेशन प्रतिनिधी राधाकुमारी कुवँर क्षेत्री र प्रतिष्ठानका संरक्षक जिवन भुषाल क्षेत्रीले विद्यालयका प्र.अ तथा व्यवस्थापन समितिका अध्यक्षलाई प्रदान गर्नुभएको थियो ।

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेकी क्षेत्रीले बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रबिधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राज्यका हरेक निकायमा महिला नेतृत्व आवश्यकता रहेको बताउनु भयो । महिलाहरुले संचालन गरेको विद्यालयमा अतिथी बनेर आउँन पाउँदा खुशी लागेको बताउँदै महिलाले पनि अवसर पाएमा पुरुष सरह आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने बताउनु भयो । साथै महिला पनि हरेक काममा दक्ष हुने भन्दै अब चुलो र चौकोमै सीमित हुने दिन अन्त्य भए महिला हिंसा पनि अन्त्य हुने उहाँको भनाइ छ ।

प्रतिष्ठानका संरक्षक भुषालले बिद्यालयको शैक्षिक गुणस्तरमा समुदायको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । देविस्थानको शैक्षिक सँगै भौतिक पुर्वाधार विकासमा स्वर्गिय बुवा नलप्रसाद भुषालको महत्वपूर्ण भूमिका रहेको स्मरण गदै बुवाको अधुरो सपना पुरा गर्न प्रतिष्ठान स्थापना गरेको बताउनु भयो ।

कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश कुमार श्रेष्ठ ‘निर्मल’, समाजसेवी ओमप्रसाद भुषाल, इश्वर भुषाल, सागर भुषाल लगायतले मन्तव्य राखेका थिए ।
नलप्रसाद भुषाल स्मृति प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद भुषालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष किरण श्रेष्ठ र धन्यवाद मन्तव्य विद्यालयकी प्रअ प्रेमकला शर्माले गर्नुभएको थियो । उक्त कार्यक्रमको संचालन संचारकर्मी साजन परियारले गर्नुभएको थियो ।

Back to top button