स्थानीय निर्वाचनमा पर्वतमा पाँच दलले तालमेल गर्ने

पर्वत) । पाँच दलको केन्द्रिय तथा प्रदेशको नितिअनुसार पर्वतमा पनि सरकारमा आबद्ध पाँचदलिय गठबन्धनले साझा उम्मेदावार बनाउने निर्णय गरिएको छ । सोमवार पर्वतको सदरमुकाम कुश्माबजारमा बसेको पाँच दलका प्रमुख प्रतिनिधीहरुको बैठकद्धारा आगामी स्थानिय निर्वाचनमा साझा उम्मेदवार बनाउने निर्णय गरेको आईतबार विहान आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

पाँच दलमा आबद्ध नेपाली काग्रेसका सभापति यूवराज जोशीले प्रतिगमनका बिरुद्धमा गठबन्धन बनेको बताउँदै पाँच दल आवद्ध गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आवश्यकताले गठबन्धन बनेको बताउँदै पाँच दलका बिचमा आपसी छलफल गरेर उम्मेदवारहरु तय हुने भएकाले सबै काँग्रेसी कार्यकर्ताहरु इमान्दारितापूर्वक साझा उम्मेदवारलाई जिताउन लागिपर्ने विश्वास दिलाउनुभयो । काँग्रेस सहित माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजबादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

नेपाली कांग्रेस पर्वतका सभापती युवराज जोशिको अध्यक्षतामा बसेको बैठकले स्थानिय निर्वाचनमा क्षेत्र, पालिका र वडा तहमा साझा उम्मेदवार बनाउने र साझा संयन्त्रको निर्माण गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रका केशव कूँवरले गठबन्धन लाई बिथोल्न एमाले पार्टी विभिन्न वाहना बोकेर गाउँ पसेको बताउँदै उनीहरुको भ्रममा नपर्न कार्यकर्तालाई अनुरोध गर्नुभयो । उहाँले गठबन्धनमा आफ्नो पार्टी प्रतिबद्ध रहेको सुनाउनुभयो । नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य एव जिल्ला अध्यक्ष मोती पौडेलले ओली प्रवृतिले संविधान र गणतन्त्र मास्ने काम गरेको हुनाले गठबन्धन बनेको भन्दै इमान्दारिता पूर्वक स्थानीय तहको निर्वाचनमा साझा उम्मेदवार जिताउन सहयोग गर्न आव्हान गर्नुभयो । पौडेलले पर्वतमा एमाले लाई आसन्न स्थानीय तहको चुनावमा सोत्तर पार्ने गरि गठबन्धन हुने जनाउनुभयो । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य ढाकाराम गौतमले शिशु गणतन्त्र र संबिधानका उपलब्धीलाई केपी ओलीले बुटले किचेको भन्दै संविधानको रक्षा र गणतन्त्रको संस्थागत विकासका लागि बाम लोकतान्त्रिक गठबन्धन बनाइएको बताउनुभयो । राष्ट्रिय जनमोर्चाका बुद्धिराज गौडेलले केपी ओलीले देखाएको प्रतिगमन विरुद्ध गठबन्धनलाई ससक्त बनाउदै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस पर्वतका सचिव गुप्तनिधी शर्माले गर्नुभएको थियो ।

Back to top button