माधव नेपालसहितका १४ सांसदको मुद्दा ‘हेर्न नमिल्ने’मा

काठमाडौं । माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमाथि आइतबार सुनुवाइ नहुने भएको छ ।न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएका छन् ।

एकीकृत समाजवादीका सांसद सोमप्रसाद पाण्डेको रिटमा अन्तरिम आदेश दिएकाले अहिले यो मुद्दा सुनुवाइ गर्न नमिल्ने भनी न्यायाधीश सुवेदीले इजलासमा जानकारी गराएका स्रोतले बताएको छ ।साभार अनलाईन खबर

Back to top button