पहाडी भूभागमा आंशिकदेखि सामान्य बद्ली, मेघ गर्जनसहित वर्षाकाे सम्भावना

काठमाण्डाै – अहिले पहाडी भूभागकाे माैसममा आंशिकदेखि सामान्य बदली रहेको छ । भारतको बिहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेकोले पहाडी भूभागको मौसम सामान्य बदली रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

आज प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अरु ठाउँमा आंशिक बदली रहने छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका केही ठाउँ र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित समान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै भोलि प्रदेश १ को पहाडी भू–भागका थोरै र वाग्मती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू–भागका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।साभार उज्यालो अनलाईन

Back to top button