भारतमा १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा पनि बढाउनुपरेको अधिकारीहरूले जनाएका छन् ।पछिल्लो समय आज शनिवार प्रतिलिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको विवरण सार्वजनिक गरिएको छ ।

पछिल्लो १२ दिनमा १० पटक मूल्य वृद्धि हुँदा पहिलाभन्दा प्रतिलिटरमा ७ दशमलव २० प्रतिशत मूल्य बढी भएको अधिकारीहरूले जानकारी दिएका छन् ।राजधानी नयाँ दिल्लीमा अहिले प्रतिलिटर पेट्रोलको मूल्य १०७.६१ भारतीय रुपैयाँ पुगेको छ । त्यसैगरी डिजलको मूल्य प्रतिलिटर ९३.८७ भारतीय रुपैयाँ रहेको छ । साभार उज्यालो अनलाईन

Back to top button