गण्डकी प्रदेश : स्थानीय तहकाे चुनावमा तालमेल गर्ने सहमति

कास्की – स्थानीय तहको चुनावमा सत्तारुढ दलहरुबीच तालमेल गर्ने सहमति भएसँगै गण्डकी प्रदेशमा पनि यसको तयारी गरिएको छ । शुक्रबार नेपाली कांग्रेस गण्डकीको कार्यालयमा भएको ५ दलका प्रदेश तथा जिल्ला तहका नेताहरुको बैठकले स्थानीय तह चुनावमा मिलेर जाने निर्णय गरेको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिनुभयाे ।

सभापति शर्माको अध्यक्षतामा भएको प्रदेश र जिल्ला स्तरका नेताहरुको बैठकले स्थानीय चुनावका लागि प्रदेश स्तरमा तालमेल गर्दै ५ दलको संयुक्त घोषणापत्र जारी गर्ने सहमति भएको हाे । गठबन्धनका गण्डकी प्रदेश भित्र दलहरुले आगामी आ–आफ्नो संगठनको वर्तमान सांगठनिक अवस्थाको यथार्थ विवरणमा तहतका संगठनबाट संकलन गरि विस्तृत विवरण आगामी बैठकमा पेस गर्ने निर्णय भएको सभापति शर्माले बताउनुभयाे ।

गठबन्धनको आगामी बैठक चैत २२ गते बसेर थप छलफल गर्ने उहाँको भनाई थियो । बैठकमा नेपाली कांग्रेसबाट गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ (कुशुम), नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ, जनता समाजवादी (जसपा)  गण्डकी प्रदेश अध्यक्ष मोतिप्रसाद रिजाल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बराल लगायतका गण्डकी प्रदेश स्तरका शीर्ष नेता छलफलमा सहभागीता जनाएका थिए ।साभार उज्यालो अनलाईन

Back to top button