ढुंगाखानीमा पहिरो खस्दा एक मजदुरको ज्यान गयाे

धादिङ – धुनीबेंसी नगरपालिका वडा नम्बर १ ढुंगाखानीमा शनिबार पहिरो जाँदा एक जनाको ज्यान गएको छ ।धुनिबेंसी नगरपालिका वडा न १ मा पर्ने जयसिद्धी रोडा ढुङ्गा उधोग प्रा.लि.ले सञ्चालन गरेको ढुङ्गा खानीमा पहिरो खस्दा खानीमा काम गर्ने मजदुर शैलेश  भन्ने शिरीष तामाङको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले बताउनुभएको छ ।

घटनापछि खानीको काम रोकिएको छ भने प्रहरी टोली घटनास्थल पुगि अनुसन्धान सुरु गरेको जनाएको छ ।साभार उज्यालो अनलाईन

Back to top button