२४ घण्टामा २२ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय ३५ जनाको नमुना परीक्षण गर्दा २२ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लाे २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । यही अवधिमा जना सङ्क्रमणमुक्त भएसँगै अब नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको एक हजार २२ जनामा झरेको छ ।

यस्तै थप ५९ हजार पाँच सय ४३ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । साभार उज्यालो अनलाईन

Back to top button