कर्मचारीलाई कार्यालयमै सुताउन थालियो,सुते वापत भत्ता समेत

चीनको सांघाई सहरमा कोरोना संक्रमित बढेसँगै फेरी लकडाउन गरिएको छ ।यसरी लकडाउन गर्दा चीनका बिभिन्न कम्पनीहरुले कर्मचारीलाई काममा लगाउन विभिन्न उपाय पनि ल्याएका छन् । त्यसमा चीनका धेरै कम्पनी र लगानी फर्महरुले कर्मचारीलाई कार्यालयमै सुताउने र त्यसवापत पैसा पनि दिने नीति ल्याएका छन् । त्यसका लागि बैंक तथा लगानी फर्महरूले आफ्ना कर्मचारीलाई कार्यालयमा बोलाएर कार्यालयमै बस्न आग्रह गरिरहेका छन् । कोरोना महामारी बढ्दै जान थालेपछि चीनमा यो नीति अघि सारिएको हो ।

जसका कारण अब कर्मचारीहरु कार्यालयमै बस्न बाध्य हुनेछन् । सांघाइमा १ हजारभन्दा बढी वित्तीय संस्था छन् । चीनको सबैभन्दा महत्वपूर्ण स्टक एक्सचेन्ज पनि सांघाईमा छ ।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार कर्मचारीलाई कार्यालयमा सुत्दा प्रति रातको ९ हजार ६ सय देखि ३६ हजार ८ सय रुपैयाँसम्म दिने गरिएको छ । कर्मचारीहरूलाई सुत्ने ओछ्यान, खाना, नुहाउन र आवश्यक सम्पूर्ण समानहरू झोग ओ एसेट मेनेजमेन्ट (सम्पत्ती व्यवस्थापन एक चिनियाँ फर्म) नामको कम्पनीले उपलब्ध गराउँदै आएको छ ।

यसरी कार्यालयमै सुत्दा कर्मचारीले केही गुनासो पनि गरेका छन् । सधैभरी आफ्नो घरमा आफू अनुकुलको ओछ्यानमा सुतिरहेकामा कार्यालयमै सुत्दा बिभन्न समस्या देखिएका छन् ।कतिपयले मार्बलको भूइँमा र स्लीपिङब्यागमा सुत्न गाह्रो भएको बताएका छन् । ओछ्यान अनुकुल नहुँदा कहिलेकाहीँ रातको २ देखि ३ बजेसम्म निदाउन नसकेको र धेरै जनासँग सुत्दा निदाउन अबरोध सिर्जना भएको कर्मचारीहरुको भनाई छ ।सांघाईमा पछिल्ला दिनहरूमा फेरी कोरोनाको नयाँ भेरिएन्ट देखिएको छ ।साभार ईमेज खबर

Back to top button