पार्टीले गरेको निर्णय नमान्नेलाई पार्टी छोड्न प्रकाशमानको चुनौती

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले गरेको निर्णय नमान्नेलाई पार्टी छोड्न चुनौती दिनुभएको छ ।आज (शुक्रबार) नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ ले नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले यस्ताे बताउनुभएकाे हाे । उहाँले गठबन्धन जनताले दिएको म्यान्डेट नभएपनि परिस्थितिले सिर्जना गरेको र मुलुकको आवश्यकता भएको बताउनुभयको छ ।

संविधान जोगाउनका लागि गठबन्धन कायमै राखेर चुनावमा जानुपर्ने बाधात्मक अवस्था रहेकाले चुनावसम्मै गठबन्धन कायमै रहने समेत बताउनुभयको छ। स्थानीय आवश्यकताका आधारमा गठबन्धन गरेर निर्वाचनमा जानेसमेत बताउनुभएको छ ।

पार्टीभित्रका केही आफूलाई क्रान्तिकारी भन्ने नेताहरुले सबै जान्दाजान्दै पनि गठबन्धनविरुद बोल्नुले जनतामा अनावश्यक भ्रम छर्ने काम मात्रै भएको भन्दै लोकप्रिय बन्ने नाउँमा पार्टीलाई क्षति पुराउने काम मात्रै भएको बताउनुभएको छ ।साभार ईमेज खबर

Back to top button