सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढ्यो

काठमाण्डाै – सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा आठ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको भाउ तोलाको ९९ हजार ७ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेको छ । हिजो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलको १३ सय ६० रुपैयाँ तोकिएको छ । साभार उज्यालो अनलाईन

Back to top button