म्यादी प्रहरीमा लगाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

सप्तरी – म्यादी प्रहरीमा लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महादेवा गाउँपालिका २ का २३ वर्षीय अरबिन्दकुमार मण्डल रहेका सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले बताउनुभयो ।

स्थानीय तह चुनाव २०७९ का लागि म्यादी प्रहरीमा भर्नाका लागि दरखास्त फारम भरिसकेका विभिन्न व्यक्तिलाई भर्ना गराइदिन्छु भन्दै प्रलोभनमा पारेर रकम लिने गरेको उजुरी आएपछि मण्डललाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार उज्यालो अनलाईन

Back to top button