राष्ट्र बैंकले आरटिजिएस प्रणालीको समय सीमा बढायाे

काठमाडौ । नेपाल राष्ट्र बैंकले आरटिजिएस प्रणाली सञ्चालनको समय सीमा बढाएको छ ।राष्ट्र बैंकका अनुसार हाल सञ्चालन भईरहेको रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) सिस्टम मार्फत सर्वसाधारणले कारोबार गर्न सक्ने समय बनाएको हो । राष्ट्र बैंकले आगामी वैशाख २ देखि लागूहुने गरी समय बढाएको हो ।

राष्ट्र बैंकका अनुसार आइतबारदेखि बिहिबारसम्म हुने कारोबारमा माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान ९ देखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान ११ देखि अपरान्ह ४ बजेसम्म खुला हुने छ ।त्यस्तै, शुक्रबार बिहान ९ देखि अराह्न १ः३० बजेसम्म सञ्चालन हुने नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।साभार ईमेज खबर

Back to top button