नेपाली काँग्रेस खुर्कोटको वडा कार्यालय शुभारम्भ, एमाले परित्याग गरि १५ जना कांग्रेसमा प्रवेश

पर्वत) । पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटमा नेपाली काँग्रेस वडा कार्यसमितिको वडा कार्यालय शुभारम्भ गरिएको छ । खुर्कोटको लाम्पाटामा मंगलवार एक कार्यक्रमको आयोजना गरि वडा कार्यालयको उद्घाटन गरिएको हो ।नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री एवं कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले वडा कार्यालयको उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै जोशीले नेपाली काँग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको हुनाले काँग्रेस पार्टी कुनै पनि शक्तिका अगाडी अहिले सम्म नझुकेको बताउनुभयो । उहाँले आसन्न चुनावहरुमा काँग्रेस अत्यधिक मत सहित विजयी भएर देशको विकास र जनताका समृद्धिको सपना पुरा गर्ने दिशामा अगाडी बढेको बताउनुभयो ।

कुश्मा नगरपालिकाका प्रमुख समेत रहेका जोशीले नगरमा पाँच वर्षे कार्याकाल बिताउँदै गर्दा धेरै खालका विकासका पूर्वाधारहरुको सुरुवात गरिएको र मिलेर नगरमा काम गरेको बताउनुभयो । नगरमा जनप्रतिनिधीको भूमिकामा रहँदा एक रुपियाँ पनि भष्ट्रचार नगरि र एक दिन पनि विवादमा नपरि काम गर्नु नै आफ्नो लागि सफलता ठानेको जोशीले बताउनुभयो । नगरमा बहुमत नहुँदा नहुँदै पनि जनताको कुनै पनि आवश्यकताका काम नरोकेको बताउँदै अब नगरमा वहुमत सहित सरकार चलाउने जिम्मेवारी दिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य एवं कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले काँग्रेस तल्लो तहदेखि नै मजवुत बनेको बताउँदै आगामी सबैखाले निर्वाचन जितेर देशको विकासमा काँग्रेसले नेतृत्व लिने विश्वास व्यक्त गर्नुभयो । देश र जनताको चाहना पुरा गर्ने पार्टी काँग्रेस मात्रै रहेको चर्चा गर्दै लामिछानेले कम्यूनिष्ठ लाई वहुमत दिएर विगतमा गम्भिर भूल भएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव गुप्तनिधि शर्मा, कोषाध्यक्ष हेमशर्मा पौडेल, प्रदेश ‘क’ का सभापति राजकुमार क्षेत्रीले वडावडामा काँग्रेस प्रति लहर थामिनसक्नु देखिएको भन्दै काँग्रेस उज्वल भविष्य तर्फ उन्मुख भएको बताउनुभयो । कार्यक्रममा कुश्मा नगर कार्यसमिति सदस्य डिल्लीराम शर्मा, वडाध्यक्ष यदुनाथ शर्मा बास्तोला, लोकतान्त्रिक गैससका अध्यक्ष गणेशवहादुर क्षेत्री, नेविसंघका पूर्व जिल्ला अध्यक्ष कमलराज पौडेल, पूर्व क्षेत्रीय सभापति गंगाधर पौडेल, पूर्व जिल्ला सदस्य सरस्वती शर्मा जिज्ञाशु, पूर्व जिल्ला सदस्य द्रोणराज पौडेल, नेविसंघको जिल्ला सदस्य विवेक गिरी, टोल कार्यसमितिका सभापति भेषराज पौडेल, वडाका क्रियाशिल सदस्य कल्याण सुबेदी लगायतले बोल्नुभएको थियो ।

वडा सभापति तिर्थप्रसाद शर्माको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति नारायण पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव गोबिन्दप्रसाद रेग्मीले गर्नुभएको थियो । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १४ जना व्याक्ति नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस, लोकतान्त्रिक व्यवस्था तथा प्रजातन्त्रका प्रति सदा प्रतिबद्ध रहेको भन्दै स्थानीय अगुवा विष्णुप्रसाद पौडेल, कुलकुमारी उपाध्यानी, लिलादेबी रेग्मी, द्रोणराज पौडेल र रमाकान्त उपाध्याय लाई नागरिक सम्मान गरिएको थियो । उक्त अवसरमा सबै टोल समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Back to top button