सुनको भाउ आज १३ सय रुपैयाँले घट्यो

सुनको भाउ आज १३ सय रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९९ हजार २ सय रुपैयाँमा झरेको छ । हिजो सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँ थियो भने अस्ति तोलामा  एक लाख ९ सय रुपैयाँ थियो ।

रुस र युक्रेनबीच युद्ध सुरु भएपछि गएको फागुन २५ गते सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै एक लाख ५ हजार पाँच सय रुपैयाँमा पुगेको थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। साभार उज्यालो अनलाईन

Back to top button