नेपाली काँग्रेस कटुवाचौपारीको वडा कार्यालयको उद्घाटन

पर्वत । पर्वतको कुश्मा नगरपालिका ९ कटुवाचौपारीमा नेपाली काँग्रेसको वडा कार्यालय उद्घाटन गरिएको छ । आज एक समारोहका बिच वडा कार्यालय उद्घाटन गरिएको हो । साथै उपस्थित भेलामा तरुण दल ,महिला संघ र दलित संघ वडा कार्यसमिति पनि गठन गरिएको छ । नेपाली काँग्रेस पर्वतका सभापति यूवराज जोशीले वडा कार्यालयको उद्घाटन गर्नुभएको हो । उहाँले पर्वतमा सबै पालिकामा नेपाली काँग्रेसका वडा कार्यालय निर्माण भैरहेका र टोलटोलमा समितिले पूर्णता पाएको भन्दै यसले गर्दा पार्टी बलियो बनेको बताउनुभयो ।

काँग्रेसलाई कुनै शक्तिले पनि पराजित गर्न नसक्ने किसीमले झाँगिदै गएको भन्दै सभापति जोशीले तल्लो स्तरबाटै पार्टीको संरचना मजबुत बनेको दाबी गर्नुभयो । उहाँले आसन्न स्थानीय तहको निर्वाचनको संघारमा सञ्चालन भएको घरघर जाउँ काँग्रेस जिताउँ अभियानमा अन्य पार्टी त्यागेर कार्यकर्ताहरु उत्साहपूर्वक नेपाली काँग्रेसमा प्रवेश हुनाले काँग्रेसलाई निर्वाचन जित्नुमा कुनै आशंका नरहेको चर्चा गर्नुभयो ।

पर्वतका सबै तह र वडामा काँग्रेसलाई दुई तिहाई मतले जिताउने सभापति जोशीले उद्घोष गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता रमेश पौडेल, प्रदेश सदस्य सीता काफ्ले लामिछाने, पूर्व जिविस उपसभापति राम शर्मा पौडेल, जिल्ला सहसचिव अच्यूत तिवारी, महाधिबेशन प्रतिनिधी शिव शर्मा अधिकारी, महिला संघका अध्यक्ष तथा महाधिबेशन प्रतिनिधी मुना शर्मा लामिछाने, प्रदेशसभा ‘क’ का सभापति राजकुमार क्षेत्री, कुश्मा नगर समितिका सभापति किशोर भण्डारी, जिल्ला सदस्य लक्ष्मीकुमारी बैरागी, प्रदेश क का कोषाध्यक्ष चित्रकला शर्मा भारती, वडाध्यक्ष कृष्णप्रसाद लामिछाने, नेविसंघका अध्यक्ष सन्तोष पाठक, दलित संघ गण्डकी प्रदेशका सदस्य आनन्द विक, कुश्मा नगर सदस्य कृष्ण शर्मा अधिकारी, महिला संघका नगर सभापति संगीता लामिछाने अधिकारी, महिला संघ कटुवाचौपारीकी अध्यक्ष यशोदा लामिछाने, नेता केशवदास बैरागी लगायतले बोल्नुभएको थियो ।

नेपाली काँग्रेस कुश्मा नगरपालिका ९ का सभापति रामशर्मा लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपसभापति खडानन्द पौडेलले गर्नुभएको थियो भने सञ्चालन सचिव सुदीप लामिछानेले गर्नुभएको थियो । साथै कटुवाचौपारीमा यशोदा लामिछानेको अध्यक्षतामा महिला संघ, रबि अधिकारीको अध्यक्षतामा तरुणदल र सावित्री नेपालीको अध्यक्षतामा दलित संघ गठन भएको छ । सोही कार्यक्रममा नेकपा एमाले र माओबादी पार्टी परित्याग गरि ७ जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

Back to top button