एमसीसी पारित भयो, अब धेरै आर्थिक सहयोग आउँछ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता अनुमोदनपछि नेपाललाई अझ धेरै आर्थिक सहायता आउने दाबी गर्नुभएको छ ।वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनपछि थप आर्थिक सहयोग आउने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एमसीसी पारित भएको छ, अब आर्थिक सहयोग धेरै आउँछ ।’यस्तै, प्रधानमन्त्री देउवाले व्यापार घाटा आफूले नबढाएको बताउनुभएको छ । यद्यपि बढ्दो व्यापार घाटाको क्षतिपूर्ति अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बाट लिन सकिने उहाँको तर्क छ ।‘‘केहीले व्यापार घाटाका कुरा गर्नु भयो, मैले व्यापार घाटा बढाएको हो र ? बरु एमसीसी पारित गरेपछि पैसा आएको छ, अब व्यापार घाटा कम हुनेछ’, देउवाले भन्नुभयो ।प्रधानमन्त्री देउवाले चुनावमा गठबन्धन कायमै गरेर जानु पर्ने पुनः दोहोर्‍याउनुभयो ।साभार ईमेज खबर

Back to top button