रुसद्वारा युक्रेनमा पहिलो चरणको युद्ध सकिएको घोषणा : अब पूर्वी क्षेत्र डोन्बासमा केन्द्रित हुने

रुसले युक्रेनमा गरेको आक्रमणको पहिलो चरण सकिएको घोषणा गरेको छ । रुसका वरिष्ठ सैन्य अधिकारी सर्गेई रुद्स्कोइले युद्धको प्रारम्भिक उद्देश्य पूरा भएको र युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको बताउनु भएको बीबीसीले जनाएको छ ।

एक महिनाअघि युक्रेनमा आक्रमण शुरु गरेको रुसले आफ्नो रणनीतिमा परिवर्तन गर्ने संकेत गर्दै अब पूर्वी क्षेत्र डोन्बासमा केन्द्रित हुने बताएको छ । युक्रेनको बलियो प्रतिवादका कारण अघि बढ्न नसकिरहेको रुसले केही सहरहरू कब्जा गरेर युक्रेनको सरकार ढाल्न लक्षित भएको देखिएको बीबीसीले जनाएको छ ।

रुसले युक्रेनको राजधानी किएभलाई पनि घेराबन्दी गरिराखेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई निशस्त्रीकरण गर्न सैन्य कारबाही गरेको बताए पनि युद्धको उद्देश्य अझै पूरा भएको छैन । आफूसँगको युद्धमा १६ हजार रुसी सेनाको ज्यान गएको युक्रेनले दाबी छ । रुसी सेनाले युक्रेनको आबासीय भवन, अस्पताललगायतका संवेदनशील ठाउँमा पनि आक्रमण गर्दै आएको छ । साभार उज्यालो अनलाईन

Back to top button