पर्वतको खानीगाउँ र मुडिकुवामा ‘घर घर जाऔँ काँग्रेस जिताऔँ’ अभियान शुरु

पर्वत । नेपाली काँग्रेसको केन्द्रिय निति अनुसार सञ्चालन भईरहेकोे ‘घर घर जाऔँ काँग्रेस जिताऔँ’ अभियान पर्वतको फलेवास नगरपालिका वडा नम्वर ५ खानीगाउँमा पनि शुरु भएको छ । अभियानको पूर्व सन्ध्यामा नेपाली काँग्रेस वडा कार्य समिति खानीगाउँको बैठकवसी अभियानलाई प्रभावकारी रुपमा संचालन गर्ने निर्णय भएको छ । साथै वडा कार्य समितिलाई पूर्णता दिईएको छ । बैठकले कोषध्याक्षमा दिनेश सुनार र सदस्यहरुमा विनोद पौडेल र खगेन्द्र पौडेललाई मनोनित गरेर कार्य समितिलाई पूर्णता दिएको नेपाली काँग्रेस खानीगाउँका उपसभापति भिमवहादुर क्षेत्री लम्सालले जानकारी दिए ।

साथै खानीगाउँमा गठित टोल कार्य समितिको १६ गते विहान बैठक राखेर अभियानको विषयमा छलफल गर्ने भएको छ । बैठकका लागि टोल कार्य समितिले प्रतिनिधी समेत खटाएको छ । अर्मना टोल कार्य समितिका लागि सभापति शिवेन्द्र शर्मा पौडेल, खोलाखेत चितेपानी टोल कार्य समितिका लागि उपसभापति भिमवहादुर क्षेत्री, खानीगाउँ भाडवारी टोल कार्य समितिका लागि थमवहादुर कुवँर, राहालेचौर टुटुङ टोल कार्य समितिका लागि खड्का लामिछाने, भनपोखरी खोला टोलमा किसान परियार र झकलक गहते टोल कार्य समिति डिलवहादुर सिर्के खटाएको काँग्रेसले जनाएको छ ।

अभियान अन्तर्गत आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउन सबै आ–आफ्नो ठाउँबाट लाग्न आग्रह गरिएको छ । हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँड गरेर पार्टी पङ्क्तिलाई स्थानीय निर्वाचनमा परिचालन गर्न आव्हान गरिएको नेपाली काँग्रेस खानीगाउँका सभापति शिवेन्द्र शर्मा पौडेलले जानकारी दिए । कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने, विगतमा नेकपाको नेतृत्वको सरकारको गत तीन वर्षे कार्यकालमा भएका जनभावना विपरीतका गतिविधि, असंवैधानिक कदम, प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधान रक्षाका लागि बाध्यात्मक रूपमा सरकारमा जानु परेको यथार्थ जनतामाझ राखिने छ ।
अभियानलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि नेपाली काँग्रेस पर्वतले जिल्ला सदस्य पार्वती भुषाललाई प्रतिनिधीका रुपमा खटाएको छ । क्षेत्रीय कार्य समितिले उपसभापति गंगाप्रसाद भुषाललाई प्रतिनिधीका रुपमा खटाएको छ ।

यता पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवामा पनि नेपाली काँग्रेसको ‘घर घर जाऔँ काँग्रेस जिताऔँ’ अभियान शुरु भएको छ । नेपाली काँग्रेस वडा कार्य समिति मुडिकुवाका सभापति कृष्ण शर्मा गौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य देवीप्रसाद विलासी हुनुहुन्थ्यो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सहसचिव अच्युत तिवारी, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी गंगाधर तिवारी, नेपाली काँग्रेस प्रदेश सभा (ख) का क्षेत्रीय कार्य समितिका उपसभापति लक्ष्मीकुमारी शर्मा गौडेल, नेपाली काँग्रेस गण्डकी प्रदेशका महाधिवेशन प्रतिनिधी एवम् प्रतिनिधी किरणराज तिवारी, नेपाली काँग्रेस फलेवासका नगर सभापति हिरामणि सापकोटा, उपसभापति ओम गौडेल, नेपाल तरुण दल फलेवासका नगर सभापति दिनेश लामिछाने लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा धनेश्वर रेग्मी, लिलाधर गौडेल, टुकनाथ सापकोटा, गणेश भुषाल, ढुण्डीराज तिवारी, रमाकान्त आत्रेय, एवम् टोल कार्य समितिका सभापतिहरु बिशाल गौडेल, पिताम्वर गौडेल, लालवहादुर नेपाली, दुर्गादत्त गौडेल, शिवप्रसाद खनाल, मोहन तिवारी, नन्दलाल सापकोटा, कमल तिवारी समेतले सुझाव राख्नुभएको थियो ।

अभियानका क्रममा प्रत्येक व्यक्तिको घर घरमा तथा सम्भव भएसम्म व्यक्तिलाई भेटेर अभियानलाई प्रभावकारी बनाउने निर्णय भएको नेपाली काँग्रेस मुडिकुवाका सचिव रघुनाथ गौडेल ‘सागर’, जानकारी दिनुभयो । कार्यक्रममा स्वागत मन्तव्य नेका मुडिकुवाका उपसभापति युवनाथ गौडेल र धन्यवाद मन्तव्य अर्का उपसभापति थानेश्वर भुषालले गर्नुभएको थियो ।

Back to top button