स्थानीय तह निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुको सक्रियता बढ्यो

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा देशभर राजनीतिक दलहरुको सक्रियता बढेको छ ।प्रमुख दलका शीर्ष नेताहरु नै चुनाव केन्द्रीत कार्यक्रममा सहभागी हुन थालेका छन् । त्यसैगरी केन्द्रका नेताहरु पनि टोलटोलमा भेला तथा बैठक गर्न थालेका छन् । स्वतन्त्र उम्मेदवार बन्ने चाहना राख्नेहरु पनि मतदाताको भावना बुझ्दै छन् । यसले सहर बजारदेखि गाउँ टोलसम्मै निर्वाचनको चुनावको माहोल बन्दै गएको छ ।

कोरोना महामारीका कारण लामो समयसम्म राजनीतिक गतिविधि ठप्प बनेका थिए । तर, अहिले कोरोना संक्रमण कम भएसँगै स्थानीय तहको निर्वाचन घोषणा भएपछि गाउँगाउँमा राजनीतिक सरगर्मी बढेको छ ।प्रदेश राजधानीदेखि नगर गाउँ र टोलसम्मै दलका भेला, बैठक र आमसभा हुन थालेका छन् । सत्तारुढ कांग्रेसले अहिले प्रत्येक जिल्लामा केन्द्रबाटै प्रतिनिधि खटाएर प्रचार अभियान तीव्र पारेको छ ।

यस्तै, प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि यसअघिको निर्वाचनमा जस्तै स्थानीय तहहरुमा बहुमत ल्याउने भन्दै देशव्यापी कार्यक्रमहरु गर्दै आएको छ । यस्तै, सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र संघीय समाजवादी दलहरु पनि चुनाव केन्द्रीत कार्यक्रममा लागेका छन् ।साभार ईमेज खबर

Back to top button