आज बेलुका देशका पहाडी भेगमा सुक्खा हावा चल्ने सम्भावना

काठमाण्डाै – आज  देशका  पहाडी भेगमा सुक्खा हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।दिउँसो गर्मीले जमिन तात्ने हुनाले बेलुकातिर सुक्खा हावा चल्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पानी पर्ने सम्भावना भने छैन । आज विषेशगरी प्रदेश- १ र वाग्मती प्रदेशका केही ठाउँमा खण्डखण्ड रुपमा  हावा चल्नेछ ।

खण्डखण्ड रुपमा हावा चल्नु भनेको कतै हावा चल्दा नजिकै अर्को कुनै ठाउँमा चल्दैन भनिएको हो । तर ठूलो हावाहुरी चल्ने सम्भावना भने छैन ।  प्रि-मनसुनको समयमा बेलुका तिर हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने गरेको भए पनि आज बेलुका भने सुक्खा हावा मात्रे चल्ने उहाँले बताउनुभयो । साभार उज्यालो अनलाईन

Back to top button