कपिलवस्तु महोत्सवमा पिङ भाँचिदा १४ जना घाइते

काठमाण्डाै – कपिलवस्तु महोत्सवमा पिङ भाँचिदा १४ जना घाइते भएका छन् ।कपिलवस्तुको वाणगङ्गामा रहेको बुद्ध रङ्गशालामा चलिरहेको १२ औँ कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्याेगिक मेलामा सञ्चालन गरिएको डुङ्गा पिङ हिजो बेलुका भाँचिएको  हो।

घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका वाणगङ्गा नगरपालिका वडा नम्बर १ का अर्जुन क्षेत्री, सिर्जना थारु र कपिलवस्तु नगरपालिका वडा ९ की आकृति खनालको बुटवलमा उपचार चलिरहेको छ। साभार उज्यालो अनलाईन

Back to top button