नेपालका लागि १८ अर्ब ३० करोड रुपैयाँको सहुलियत ऋण स्वीकृत

काठमाडौं । विश्व बैंकले नेपालको लागि १८ अर्ब ३० करोड रुपैयाँ सहुलियत ऋण स्वीकृत गरेको छ ।स्वास्थ्य शिक्षा पूर्वाधार लगायत क्षेत्रमा लगानी गर्न पाउने गरी ऋण स्वीकृत भएको हो । यो रकमले नेपालको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने विश्व बैंकले जनाएको छ ।ऋण स्वीकृत भएपछि बैंकका नेपाल र माल्दिभ्स हेर्ने नेपालका आवासीय प्रतिनिधि फारिस हदाद जेर्भोसले यो सहयोगले नेपालको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने विस्वास व्यक्त गर्नुभयो ।

उहाँले निजी क्षेत्र र दिगो विकासका आयोजना अघि बढाउन समेत मद्दत पुग्ने बताउनुभयो ।कोभिड–१९ को प्रकोपपछि नेपालमा तरलताको धेरै समस्या देखिएकाले यो सहयोगले केही हदसम्म सहज पुग्ने बैंकको भनाइ छ ।यो ऋण महिलाहरुलाई वित्तीय साक्षरता जगाउन समेत प्रयोग हुनेछ । ऋण हरित विकासको अवधारणा अनुसार नै ऋण स्वीकृत भएको हो ।साभार ईमेज खबर

Back to top button