सुनको भाउ फेरि बढ्दै, आज तोलामा एक लाख ९ सय रुपैयाँमा कारोबार

काठमाण्डाै – सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा ११ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि ६ सय रुपैयाँले बढेको हो ।आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ । साभार उज्यालो अनलाईन

Back to top button