कलंकीमा कारले मोटरसाइकल, स्कुटर र पैदलयात्रीलाई ठक्कर दियो, ६ जना घाइते

काठमाडौं । कलंकीमा कारले मोटरसाइकल, स्कुटर र पैदलयात्रीलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जिव शर्माका अनुसार बिहीबार दिउँसो कालिमाटीबाट कलंकीतर्फ आउँदै गरेको बा ५ च ५४४० नम्बरको कारले एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसपछि हुत्तिएको कारले स्कुटर, पैदलयात्रीलाई ठक्कर दिँदै सटरमा गएर ठोक्किएको प्रहरीले जनाएको छ ।

कलंकी ट्राफिकका एक अधिकारीका अनुसार चालकले मोटरसाइकललाई ठक्कर दिएपछि आत्तिएर एक्सिलेटर दबाउँदा घटना भएको आशंका गरिएको छ । घटनामा घाइतेहरुको अवस्था खतरामुक्त छ, उनीहरुको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।साभार अनलाईन खबर

Back to top button