नेप्से साढे १६ अङ्कले घट्यो, राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपालको शेयर १० प्रतिशतले बढ्यो

काठमाण्डाै – शेयर बजार आज बिहीवार पनि घटेको छ । हिजो बुधवार २० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६९ अङ्कले घटेर दुई हजार ६ सय १३ दशमलव ६७ विन्दुमा झरेको छ ।

आज बीमाबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । आज दुई सय २४ वटा कम्पनीकाे ५२ लाख ९८ हजार कित्ता शेयर तीन अर्ब २४ करोड ८९ लाख रुपैयाँ कारोबार भएकाे छन् । जीवन विकास लघुवित्त कम्पनीको ३० करोड ६३ लाख र नेपाल दूरसञ्चार कम्पनीको २३ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भयो ।

लाभांशका लागि शेयर किनबेच र होल्ड गर्ने आज अन्तिम दिन भएकाले जीवन विकास र दूरसञ्चार कम्पनीको शेयर कारोबार बढेको हो ।

आज नेपाल फाइनान्स र साम्लिङ पावर कम्पनीको शेयर साढे चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । साभार उज्यालो अनलाईन

Back to top button