चारै जना छाेरालाई नेपाली सेनामा प्रवेश गर्न अभिप्रेरित गर्ने आमा सम्मानित

काठमाण्डाै – आफ्ना चारै जना छाेरालाई नेपाली सेनामा प्रवेश गर्न अभिप्रेरित गर्ने आमालाई नेपाली सेनाले सम्मान गरेकाे छ ।हिजो बुधवार डाेटीकाे दिपायलमा भएकाे भूपू सैनिक सम्मेलनमा प्रधानसेनापति प्रभुराम शर्माले बैतडीकाे दशरथचन्द नगरपालिका ३ बरकुराली बस्ने धनमाया नाथ याेगीलाई नगदसहित प्रमाणपत्र दिएर सम्मान गर्नुभएकाे हाे । प्रधानसेनापति शर्माले धनमायाका श्रीमान् स्व. गणेश नाथप्रति पनि सम्मान व्यक्त गर्नुभयाे ।

धनमायाका छाेराहरू– नरेश नाथ, राम नाथ, लक्ष्मण नाथ र दिलिप नाथ नेपाली सेनामा कार्यरत हुनुहुन्छ ।

साभार उज्यालो अनलाईन

Back to top button