पोखरामा स्कुल बस र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

पोखरा । स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा बिहीबार बिहान एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ घर भई हाल पोखरा महानगरपालिका- १४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेका छन् ।दुर्घटना आज (बिहीबार) बिहान करिब ६ बजेतिर भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ । किस्मतले चलाइरहेको स्कुटर एक पैदलयात्री महिलालाई ठक्कर दिएर स्कुल बससँग ठोक्किएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

चाउथेबाट विजयपुरतर्फ आउँदै गरेको ग२२प ००७ नम्बरको स्कुटरले सुरुम  ३२ वर्षीय टेकमाया घर्तीलाई ठक्कर दिएको थियो । लगत्तै विपरीत दिशाबाट आइरहेको पोखरा १५, रामबजातस्थित गोल्डेन फ्युचर बोर्डिङ स्कुलको ग१क ९९६ नम्बरको बसमा ठोक्किन पुगेको थियो । स्कुटर चालक घाइते वाग्लेलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको लेखनाथ सिटी अस्पताल शिशुवामा उपचार भएको र अवस्था सामान्य रहेकाले डिस्चार्ज गरिसकिएको डीएसपी तिवारीले जानकारी दिए ।साभार अनलाईन खबर

Back to top button