भक्तपुरमा बलात्कारको आरोपमा एक युवक पक्राउ

भक्तपुर । १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।प्रहरीले चाँगुनारायण नगरपालिका–२ झौखेल ठुटे ईटाभट्टामा काम गर्ने रामेछापको खाडादेवी गाउँपालिका–२ घर भएका २८ वर्षीय दिनेश तामाङलाई बुधबार साँझ पक्राउ गरेको हो ।

ती किशोरीलाई दिनेशले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।साभार ईमेज खबर

Back to top button