सुनकाे भाउ ११ सय रुपैयाँले बढ्याे

काठमाण्डाै – सुनको भाउ फेरि बढ्न थालेको छ ।आज तोलामा ११ सय रुपैयाँले बढेर सुन एक लाख तीन सय रुपैयाँमा पुगेको छ।हिजो तोलामा सुनको भाउ ९९ हजार २ सय रुपैयाँ थियो । सुनको भाउ हिजो ११ सय रुपैयाँले घटेको थियो ।यस्तै, चाँदीको भाउ पनि आज बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।साभार उज्यालो अनलाईन

Back to top button