‘घर घर जाऔँ काँग्रेस जिताऔँ’ अभियान : क्षेत्रीय समितिले ३० वटै वडामा प्रतिनिधि खटायो

पर्वत । नेपाली काँग्रेस प्रदेश सभा (ख) क्षेत्रीय कार्य समिति पर्वतले केन्द्रिय निति अनुसार सञ्चालन भईरहेकोे ‘घर घर जाऔँ काँग्रेस जिताऔँ’ अभियानका लागि क्षेत्रमा रहेका वडाहरुमा प्रतिनिधी खटाएको छ । क्षेत्रीय कार्य समितिको बुधवार पर्वतको हातेमालो चोकमा बसेको बैठकले ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नाराका साथ फागुन २९ गतेदेखी सुरु भएको एक महिने अभियानकालागी क्षेत्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु, सल्लाहकारहरु र पालिका सभापतिलाई प्रतिनिधीको रुपमा हरेक वडाहरुमा खटाउने निर्णय गरेको हो ।

क्षेत्रीय सभापति परविन गुरुङको सभापतित्वमा बसेको बैठकले प्रदेश सभा ख भित्र पर्ने ३० वटा वडाहरुमा प्रतिनिधी खटाएको क्षेत्रीय सचिव छविलाल तिवारीले जानकारी दिए । तिवारीका अनुसार फलेवास नगरपालिका वडा नम्वर १ मा राजेन्द्रकुमार श्रेष्ठ, २ मा बिनोद पौडेल, ३ मा लक्ष्मी कुमारी शर्मा गौडेल, ४ मा किरणराज तिवारी, ५ मा गंगाप्रसाद भुषाल, ६ मा निर्मलाकुमारी रेग्मी, ७ मा यज्ञवहादुर थापा, ८ मा हिरामणि सापकोटा, ९ मा शैलेन्द्र शर्मा गौडेल, १० मा माया पाठक र ११ मा गंगाराज शर्मालाई खटाईएको छ ।
बिहादी गाउँपालिकाको वडा नम्वर १ मा बिष्णुप्रसाद भुषाल, २ मा खिनुप्रसाद आचार्य र हरिप्रसाद पराजुली, ३ मा भिमकुमारी कुुवँर, ४ मा हरि न्यौपाने, ५ मा युवराज भुषाल र ६ मा आनन्द भुषाललाई खटाईएको छ ।

महाशिला गाउँपालिकाको वडा नम्वर १ मा मेघमाया गुरुङ, २ मा यामवहादुर परियार ‘शिव’, ३ मा ठाकुर रसाईली, ४ मा डिल्लीराम उपाध्याय र ५/६ मा उज्ज्वल गुरुङलाई प्रतिनिधी खटाईएको छ ।पैयुँ गाउँपालिकाको वडा नम्वर १ मा एकनारायण भुषाल, २ मा टोपवहादुर गुरुङ ‘सुनिल’, ३ मा छविलाल तिवारी, ४ मा गिरीराज गौत्तम, ५ मा रिता राना थापा, ६ मा जानकी प्रधान र ७ मा एकनारायण न्यौपानेलाई खटाईएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश कार्य सम्पादन समिति सदस्य कविता तिवारी, नेपाली कांग्रेस गण्डकी प्रदेश कार्य सम्पादन समिति सदस्य सकुन्तला शर्मा, नेपाली काँग्रेस पर्वतका निवर्तमान निवर्तमान सभापति खिमप्रसाद भुसाल, पैयु गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, नेपाली कांग्रेस पर्वतका पुर्व उपसभापति गिरिराज गौतम, नेपाल तरुण दल पर्वतका अध्यक्ष एवम महाधिवेशन प्रतिनिधी तोरण मल्ल ठकुरी (राज), प्रदेश महाधिवेशन प्रतिनिधि आनन्द न्यौपाने आनन्द भुसाल, एकनारायण भुसाल, नेपाली काँग्रेस फलेबास नगरपालिकाका सभापति हिरामणी सापकोटा, नेका पैयुँ गाउँपालिका सभापति डम्बर कुमार प्रधान, बिहादी गाउँपालिकाका सभापति बिष्णु भुसाल, महाशिला गाउँपालिकाका सभापति उज्ज्वल गुरुङ, पुर्व जिल्ला सदस्य गोबिन्द पराजुली, तिलकप्रसाद श्रेष्ठ, क्षेत्रीय समितिका उपसभापति लक्ष्मी कुमारी शर्मा गौडेल, गंगाप्रसाद भुसाल, सहसचिव निर्मला रेग्मी, युवराज भुसाल लगायतले आफ्ना भनाई राखेका थिए ।

Back to top button