देशभरका यातायात व्यवस्था कार्यालयका सर्भरमा समस्या, बेलुका ५ बजेदेखि सेवा बन्द हुने

काठमाण्डाै – यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरूबाट दिने सबै सेवा आज बुधवार बेलुकी ५ बजेदेखि अनिश्चितकालका लागि बन्द गर्ने भएको छ । विभागले आज बुधवार सूचना निकालेर सर्भरमा विद्युतीय समस्या देखिएको भन्दै आजको कार्यालय समयपछि सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने जानकारी गराएको हो ।

यातायात कार्यालयबाट प्रदान हुने सवारी दर्ता, नामसारी, नवीकरण, कर भुक्तानी, प्रिन्ट भएको लाइसेन्स बुझ्ने लगायतका सबै सेवा बन्द हुने छन् । विभागले यसअघि नै लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो ।

साभार उज्यालो अनलाईन

Back to top button