पर्वतको शिवालय बहुमुखी क्याम्पसमा नेवि संघ गठन

पर्वत) । पर्वतको कुश्मामा अवस्थित शिवालय बहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थी संघ गठन भएको छ । बिद्यार्थीहरुको भेलाले बिशाल गौडेलको अध्यक्षतामा २९ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सन्जु पुरी, अर्का उपाध्यक्षमा शिव सुवेदी, सचिवमा संजय परियार र पुस्पा तिमिल्सीना, सहसचिवमा सर्मिला शर्मा अनुभव तिवारी, कोषध्यक्षमा एन्जेली क्षेत्री, प्रिया पौडेल, सन्जिता के.सी र सह कोषध्याक्षमा कामना सापकोटा चयन हुनुभएको छ । सदस्यहरुमा कामना सापकोटा, विविसा शर्मा, विमला रिजाल, मनिषा शर्मा, सन्ध्या बस्याल, लिला पौडेल , करिना चापागाई र आर्दश अधिकारी लगायतका बिद्यार्थीहरु रहनु भएको छ ।
नेपाल विद्यार्थी संघ कुश्मा नगरपालिका अध्यक्ष अजय पोखरेलको अध्याक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष सन्तोष पाठक, नेपाली काँग्रेस कुश्मा नगरपालिका–६ शिवालयका सभापति मानसिँह भण्डारी, नेपाल विद्यार्थी संघ पर्वतका नेता शिशिर शर्मा पौडेल, बिवेक गिरी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन नेवि संघ पर्वतका नेता रामचन्द्र सुवेदीले गर्नुभएको थियो ।

Back to top button