स्थानीय तह निर्वाचनमा भाग लिन सबै राजनीतिक दललाई गृहमन्त्री खाँणको आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय चुनावमा भाग लिन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।कपिलवस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्यवासिनी बाहिनी मुख्यालयको उद्घाटन गर्दै मन्त्री खाँणले निर्वाचनमा भाग लिन दलहरूलाई आग्रह गर्नुभएको हो ।

विकासमा हातेमालो गर्न स्थानीय निर्वाचन सहभागी हुनु आवश्यक रहेको उहाँको भनाइ छ ।स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष तरिकाले सम्पन्न गर्न सरकार लागिपरेको गृहमन्त्री खाँडले बताउनुभयो ।स्थानीय चुनाव निष्पक्ष हुने विश्वास दिलाउँदै उहाँले नागरिकले आफूलाई उपयुक्त ठानेका प्रतिनिधि छान्न सक्ने बताउनुभयो । आवधिक निर्वाचन बेलैमा गर्न सरकार प्रतिवद्ध रहेको पनि मन्त्री खाँणको भनाइ थियो ।अर्को प्रसंगमा मन्त्री खाणले सशस्त्र प्रहरीका अधिकृत र जवानको लामो समयदेखि रोकिएको वृत्तिविकास सुचारु गर्ने तयारीमा सरकार रहेको बताउनुभयो ।साभार उज्यालो अनलाईन

Back to top button