बाम दलहरु फेरि मिल्न सक्छन् : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाम दलहरु फेरि मिल्न सक्ने चिन्ता कांग्रेसलाई भएको बताउनुभएको छ ।विराटनगरस्थित कोइराला निवासमा पार्टीको चुनावी गीत सार्वजनिक गर्ने कार्यक्रममा मंगलबार नेता कोइरालाले देशभरका कार्यकर्ताको कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने मत रहेको दाबी गर्नुभयो ।

उहाँले नेता कार्यकर्ताको मत गठबन्धन विपरीत भएपनि २०७४ मा जस्तो एमाले र माओवादीहरू फेरि मिल्लान् कि भन्ने चिन्ता रहेको पनि बताउनुभयो ।पछिल्लो समयमा कांग्रेस एक्लै चुनावमा जानुपर्ने पक्षमा दृढतापूर्वक उभिएका नेता कोइरालाले कांग्रेस एक्लै अघि बढ्दा वामपन्थीहरू फेरि मिल्न सक्ने जोखिम रहेको बताउनुभएको छ ।स्थानीय तहको निर्वाचनमा स्थानीय स्तरबाटै गठबन्धनबारे धारणा बन्नुपर्ने र केन्द्रको हस्तक्षेप हुन नहुने पक्षमा आफू रहेको कोइरालाको भनाइ थियो ।साभार उज्यालो अनलाईन

Back to top button