पूर्वमन्त्री सिंह र अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

काठमाण्डाै – पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आज मङ्गलवार काठमाण्डौमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पूर्वमन्त्री सिंह, अभिनेत्री मानन्धरलगायतलाई पार्टीमा स्वागत गर्नुभएको हो । स्वागत कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेल पनि सहभागी हुनुहुन्थ्याे ।

समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहनुभएका पूर्वमन्त्री सिंह एमालेमा प्रवेश गरेपछि पार्टी नै एमालेमा विलय भएको छ । सिंह पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा खानेपानी मन्त्री बन्नुभएको थियो ।यसअघि अभिनेत्री मानन्धर डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय हुनुभएको थियो । साभार उज्यालो अनलाईन

Back to top button