ग्लोबल आईएमई बैंकको नयाँ शाखा कार्यालय बाग्लुङको बलेवामा

काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेडले बाग्लुङको बलेवामा आफ्नो २८९औंँ शाखा कार्यालयको उद्घाटन गरेको छ । साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नति गरी शाखाको रुपमा परिमार्जित गरिएको हो । हिजाे बाग्लुङको बाग्लुङ नगरपालिका–१४, बलेवा नारायणस्थानमा आयाेजित एक कार्यक्रमबीच कार्यालयकाे उद्घाटन गरिएकाे हाे ।

बाग्लुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद डा. सूर्य पाठक, बाग्लुङ नगरपालिकाका नगर प्रमुख जनक राज पौडेल, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बाग्लुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्लाप्रहरी कार्यालय बाग्लुङका प्रहरी उपरीक्षक दयानिधि ज्ञावलीले संयुक्तरूपमा शाखाको उद्घाटन गर्नु भएकाे हाे । यस्तै, एटीएम काउण्टरको बाग्लुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारी र पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपीनाथ मैनालीले उद्घाटन गर्नुभएको छ ।

ग्लोबल आईएमई बैंक बाग्लुङको बलेवा क्षेत्रमा स्थापना भएको पहिलो वाणिज्य बैंक हो । यसले शाखाले त्यही क्षेत्रका ग्राहकलाई छिटो, छरितो तथा सरल बैंकिङ्ग सेवा दिने उद्देश्यले एटीएम सेवा समेत सुरू गरेको छ ।यसका साथै, बैंकले पर्साकाे वीरगञ्ज महानगरपालिका-१५, बाइपास रोडमा पनि अस्तिदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

Back to top button