![](https://parbatmala.com/wp-content/uploads/2022/03/plane_crash_in_china_X5phd30dWB.jpg)
चीनमा एक सय ३३ जना यात्रु बोकेको हवाईजहाज दुर्घटनामा परेको छ । चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
हवाईजहाज युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको थियो । जहाज दुर्घटना भएपछि जङ्गलमा आगो लागेको देखिएको र उद्धारको काम भइरहेको खबरमा उल्लेख छ ।दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । साभार उज्यालो अनलाईन