चिनियाँ विदेश मन्त्री ३ दिने नेपाल भ्रमणका लागि शुक्रवार नेपाल आउँदै

काठमाण्डाै – चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा आउनुहुने भएको छ । विदेश मन्त्री मन्त्री यी यही शुक्रवार चैत ११ गते नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले आज साेमवार निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै विदेश मन्त्री वाङ यीले आफ्ना समकक्षी डा. नारायण खड्कासँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । साथै उहाँले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्नुहुने विज्ञप्तिमा उल्लेख छ ।

साभार उज्यालो अनलाईन

Back to top button