काँग्रेसको ‘घर घर जाऔं काँग्रेस जिताऔ’ अभियान मल्लाजमा शुरु

पर्वत । नेपाली काँग्रेस पर्वतले शुरु गरेको ‘घर घर जाऔं काँग्रेस जिताऔ’ अभियान मल्लाजमा शुरु भएको छ । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा आईतवार वडाका टोल कार्य समिति, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा प्रतिनिधीहरु सँग अभियान बारे अन्तरक्रिया गरिएको छ । कार्यक्रममा नेपाली काँग्रेसले शुरु गरेको ‘घर घर जाऔं काँग्रेस जिताऔ’ अभियान सँगै आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचन विषयमा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस गन्डकि प्रदेसका सदस्य अनोज श्रेष्ठ, नेपाली काग्रेस पर्वत नेता कृष्ण के सी, नेपाली काँग्रेस क्षेत्रिय उपसभापति जितमान पुन, नेपाली काँग्रेस जलजला गाउँपालिका सभापति इन्दु शर्मा पौडेल, सचिव नबिन जि सि, पालिका प्रतिनिधि सुरज जि सि, समाजसेवी क्याप्टेन टेक बहादुर जि सि, समाज सेबि ओम वहादुर जि सि लगायतले मन्तव्य राख्नुभएको थियो ।
नेपाली काँग्रेस जलजला गाउँपालिका–३ मल्लाजका सभापति चन्द्रबहादुर खत्री सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस मल्लाजका सचिब इन्द्र बरुवाले गर्नुभएको थियो ।

कार्यक्रमको बिषयमा बोल्दै जिल्ला प्रतिनिधी राजु आचार्यले अभियानका क्रममा नागरिकको हरेक घरमा कांग्रेसको स्थानीय नेतृत्व पुग्ने र जनताको आकाक्षा बुझ्ने बताउनु भयो । उहाँले अभियानको क्रममा पार्टीका एजेण्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धि लगायतका विषयमा जनतालाई जानकारी दिन र जनताबाट सुझावसमेत लिन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

Back to top button