कालीगण्डकी नदिमा जलयात्रा (¥याफ्टीङ्ग) शुरु हुदै

पर्बत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण विगत तीन वर्षदेखि ठप्प बनेको पवित्र कालीगण्डकी नदिमा जलयात्रा (¥याफ्टीङ्ग) विस्तारै शुरु हुन थालेको छ । कोरोना संक्रमण न्यूनिकरण हुँदै गएपछि जलयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका हुन् । हरेक वर्षको वर्षायामपछि नदिमा बहाब घटेलगत्तै शुरु हुने र पहिलो यामको जलयात्रा विगत तीन वर्षदेखि ठप्प बनेपनि दोस्रो याममा भने पर्यटक आउने विश्वास व्यावसायीहरुले लिएका छन् । योे जलयात्राको दोस्रो याम हो भने अर्को याम अंग्रेजी महिनाको सेप्टेम्बर दोस्रो साता देखि नोभेम्बरको मध्य सम्म जलयात्रा सञ्चालन हुने गर्दछ ।

फागुनदेखि नदिमा पानीको बहाब नबढ्ने जेठ मसान्त सम्म नियमित रुपमा जलयात्रा हुने भएपनि विगतको जस्तो बाह्य पर्यटकको बुकिङ नरहेको कालीगण्डकी ¥याफ्टीङ्ग कम्पनीका संचालक होम पुनले जानकारी दिए । उनका अनुसार गत दुई वर्षका दुवै याम र यस वर्षको पहिलो याममा जलयात्राका लागि आउने पर्यटकको संख्या शुन्यजस्तै भएको थियो । यो दोस्रो याममा केहि आन्तरिक पर्यटकले जलयात्राका गर्नका लागि बुकिङ्ग गरेपनि एक÷दुई दिनका लागि मात्र भएको उनको भनाई छ । विदेशी पर्यटक नेपालमै भित्रिन नसकेकाले जलयात्रा ठप्प जस्तै बेनेको उनको भनाई रहेको छ ।

कोरोना संक्रमण न्यूनिकरण हुँदै गएको र अधिकासं मुलुकमा खोप समेत विस्तार भैसकेकाले यस वर्ष जलयात्राका लागि आउने पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएपनि कुनैपनि देशका पर्यटक नआएको पुनले बताए । सलोन ¥याफ्टिङ्ग एण्ड ट्रेकिङ्ग एक्सपिडेसन कम्पनी काठमाण्डौका प्रबन्ध निर्देशक देब रेग्मीले विदेशवाट जम्मा ५÷७ प्रतिशत मात्र पर्यटकहरु भित्रिएकाले ¥याफ्टीङ्ग व्यावसाय चौपट बनेको बताउनुभयो । पछिल्लो समय भित्रिएका पर्यटकहरु मध्ये अधिकांस टे«किङ्गमा रहेको र उनिहरु काठमाण्डौ फर्किसकेपछि ¥याफ्टीङ्गको एउटा प्याकेज बनाउने तयारीमा रहेको उनले बताए ।

Back to top button