खुर्कोटमा अनलाईनमा व्याक्तिगत घटना दर्ता शुरु, कालीगण्डकीमा नदीमा जलयात्रा

पर्बत । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा व्यक्तिगत घटना अनलाइन मार्फत दर्ता गर्न शुरु गरिएको छ । वडा अध्यक्ष यदुनाथ बास्तोला सहित जनप्रतिनिधी र कर्मचारीको रोहबरमा खुर्कोटमा आईतवार अनलाइन मार्फत व्यक्तिगत घटना दर्ता कार्यको शुभारम्भ गरिएको हो । यो प्रणाली प्रयोगमा ल्याएसँगै अब खुर्कोट भित्र बसोबास गर्ने हरेक नागरिकले डिजिटल जन्म दर्ता, बिबाह दर्ता,मृत्यु दर्ता र ब्यक्तिगत घटना दर्ता प्रमाणपत्र प्राप्त गर्ने वडा अध्यक्ष बास्तोलाले जानकारी दिनुभयो ।

‘यस अघि वडाका विभिन्न प्रमाणपत्र तथा महत्वपूर्ण कागजात हराउने च्यातिने डर हुन्थ्यो’वडा अध्यक्ष बास्तोलाले भन्नुभयो ‘अब अनलाइनबाट यी सेवा सुरु गरेपछि वडाका विभिन्न अभिलेखहरु राख्न सजिलो हुने भएको छ ।’ वडा सचिव हरिप्रसाद रेग्मीका अनुसार खुर्कोटका हरेक नागरिकले जन्म दर्ता बिबाह दर्ता मृत्यु दर्ता ब्यक्तिगत घटना दर्ता लगायत विभिन्न सिफारिस हस्त लिखित पाउदै आएका थिए । अनलाईन सेवाको माध्यमबाट व्यक्तिले जुनसुकै ठाउँमा पुगी सहजै आफ्नो व्यक्तिगत घटनाको काम गराउन सक्ने र कागजी प्रणाली झैँ विवरण हराउने समस्याको अन्त्य भएको सचिव रेग्मीले बताउनु भयो ।

कुश्मा नगरपालिकाकी सामजिक सुरक्षा तथा पञ्जीकरण शाखाकी प्रमुख देवी शर्मा पौडेलका अनुसार अनलाइन घटना दर्ता प्रणालीबाट जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद, बसाइँ सराइजस्ता व्यक्तिगत घटनाको व्यवस्थापन एवं नियन्त्रण तथा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन व्यवस्थापनका लागि सहज हुनेछ ।

Back to top button