पर्वतमा स्थानीय तह निर्वाचनको तयारी तिव्र, १९ वटा दल निर्वाचनमा भाग लिने

पर्वत । पर्वतमा आगामी स्थानीय तहको निर्वाचनमा १९ वटा राजनीतिक दलले भाग लिने भएका छन् । ६ वटा राष्ट्रिय दल सहित अन्य १४ वटा साना दलले जिल्ला निर्वाचन कार्यालय पवर््तमा सुचि दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बाहेक अन्य १४ राजनीतिक दलले चुनावमा भाग लिनका लागि विवरण बुझाएको उहाँले बताउनुभयो । निर्वाचन आयोगले ७३ वटा साना दललाई पनि स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि मान्यता दिने निर्णय गरेपछि पर्वतमा १४ वटा दल थपिएका हुन् । निर्वाचनको मिति नजिकिदै जाँदा पर्वतमा मतदाता नामावलीलाई अन्तिम रुप दिने काम भैरहेको समेत कार्यालयले जनाएको छ ।

आगामी निर्वाचनमा पर्वतमा मतदान स्थल ७४ वटा हुने भएका छन् भने मतदान केन्द्र १५० हुने अनुमान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले अहिले मतदाता शिक्षाको काम अघि बढाईरहेको निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयहरुमा पुगेर विद्यार्थीहरु मार्फत मतदाता शिक्षालाई निरन्तरता दिईएको हो । हरेक पालिका स्तरका विद्यालयमा गएर मतदाता शिक्षा दिने काम भैरहेको उहाँको भनाई छ । त्यसैगरी जिल्लामा भएका मतदान सामाग्रीको अवस्था पहिचान गर्ने र चुस्त दुरुस्त बनाउने काम समेत भईरहेको कार्यालयले जनाएको छ ।

Back to top button