स्रोत नखुलेको २२ लाख रुपैयाँ नगद सहित एक पक्राउ

काठमाडौं । कास्कीबाट प्रहरीले स्रोत नखुलेको २२ लाख रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।पोखरा महानगरपालिका–३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा. ३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।साभार ईमेज खबर

Back to top button