सुनको भाउ ६ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९९ हजार २ सय रुपैयाँ तोकिएको छ ।अस्ति सुनको भाउ तोलामा ९९ हजार ८ सय रुपैयाँ तोकिएको थियो । अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार महासङ्घले सुनको मूल्य निर्धारण गर्ने गरेको छ ।यस्तै, आज चाँदीको  पनि भाउ घटेको छ।तोलामा १० रुपैयाँले घटेर चाँदी आज १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।साभार उज्यालो अनलाईन

Back to top button