शिव माविको नवनिर्मित ६ कोठे भवनको उद्घाटन तथा विद्यालयको ४५ औं बार्षिकत्सव सम्पन्न

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको शिक्षा व्यवाहारिक र आधुनिक हुनुपर्ने बताउनुभएको छ । पर्वतको जलजला गाउँपालिका–८ नाग्लिवाङ पर्सेमा अवस्थित शिव माध्यमिक विद्यालयको नवनिर्मित ६ कोठे भवन एवम् विद्यालयको ४५ औं बार्षिकत्सव समरोहको उद्घाटन गदै मुख्यमन्त्रीले यस्तो बताउनु भएको हो । पोखरेलले आयआर्जन मुलक शिक्षा अहिलेको आवश्यकता रहेकोमा जोड दिनुभयो । सामुदायिक विद्यालयमा भौतिक संरचना बढ्दै जाने तर विद्यार्थीको संख्या घट्दै जाने गरेको बताउँदै उहाँले विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । सामुदायिक विद्यालयहरुको पढाई निजि विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने खालको हुनुपर्ने उहाँको भनाई रहेको छ । मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले शिक्षामा गुणस्तर कायम गर्नका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका लागि जलजला गाउँपालिकाले शिक्षामा ठुलो लागनी गरेको जानकारी दिँदै अन्तराष्ट्रिय बजारमा विक्ने खालको प्राविधिक र व्यवसायिक शिषाको विकासमा अग्रसर हुन सबै शिक्षक, अभिभावक र अन्य सरोकारवाहरुलाई आग्रह गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विप्लव हमालले विद्यालयको शैक्षिक अवस्थावारे जानकारी गराउँदै समाज परिवर्तनमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । उहाँले सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई सुधार गर्नुपर्ने मुख्य दायित्व नागरिकमा रहेको बताउँदै अभिभावक, शिक्षक र विद्यार्थीहरुको त्रिकोणत्मक सम्बन्धले नै विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि हुने बताउनु भयो । उहाँले शिव माविलाई जिल्लाकै नमुना विद्यालयको रुपमा परिचित गराउन आफु लागि परेको बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता नवराज गुरुङ, जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रवहादुर क्षेत्री, विद्याज्याती मा.विका प्रधानाध्यापक रघु आचार्य, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हरेमवहादुर खत्री लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बिद्यालय प्रधानाध्यापक रत्नवहादुर केसीले बिद्यालयको परिचयात्मक पृष्ठभूमि सहित प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सहप्रध्यानाध्यापक शिवप्रसाद आचार्य, विद्यार्थी बिशाल सुवेदी र विव्यस सदस्य सावित्री केसीले गर्नुभएको थियो । जलजला गाउँपालिका–८ नाग्लिवाङका वडा अध्यक्ष हरिविकास जिसीले धन्यवाद मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन शिक्षक अमृतप्रसाद सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा चर्चित लोकदोहोरी गायक कृष्णा अखेली, जिवन दाहाल र गंगा पौडेल लगायका कलाकारहरुले साँगेतिक प्रस्तुती दिएका थिए ।

विद्यालयको ऐतिहासिक पृष्ठभूमि
प्रजातन्त्र स्थापना भएपछि मुलुकमा विद्यालय खुल्ने लहर चलेको भए पनि यस ठाउँमा धेरै वर्षसम्म विद्यालय स्थापना हुन सकेको थिएन । त्यतिबेला स्थानीयहरुले आफ्ना सन्ततिलाई अक्षर चिनाउन र सामान्य लेखपढ गर्न सक्ने बनाउन पनि आफ्नै प्रयासबाट अन्यत्रबाट कोही शिक्षित व्यक्ति खोजेर ल्याउनु पर्दथ्यो । त्यस्तै अवस्थामा वि.सं. २०३३ सालमा तत्कालीन समाजसेवीहरु स्व. दलबहादुर खत्री र स्व. जयबहादुर हमाल लगायत अन्य शिक्षाप्रेमीहरुको अग्रसरतामा गाउँमा या विद्यालयको स्थापना भएको थियो । स्थापना भएपछि कक्षा एकबाट शुरु गरेर प्रत्येक वर्ष क्रमशः कक्षा थप हुँदै ती । कक्षासम्म पुगेको र वि.सं. २०४० मा कक्षा चार सन्चालन भएर क्रमशः कक्षा थप हुँदै वि.सं. २०४३ मा कक्षा सात सन्चालनको अनुमति प्राप्त भयो । कक्षा थप गर्ने क्रममा धेरै वर्षपछि वि.सं. २०६४ मा मात्र विद्यालयले कक्षा आठको अनुमति पाएको थियो भने वि.सं. २०६७ मा कक्षा नौ र वि.सं. २०६८ मा कक्षा दशको कक्षा थप गर्ने अनुमति लिएर विद्यालयमा हाल कक्षा १० सम्म सन्चालन भईरहेको छ।

विद्यालयको भौतिक अवस्था
समाजसेवी स्वर्गीय जय बहादुर हमालले विद्यालय स्थापना गर्न निःशुल्क दान गर्नुभएको जग्गामा स्थापना कालमा निर्मित भौतिक संरचना समयसँगै जीर्ण हुने र भत्किने भएको हुँदा मर्मत गर्ने र पुनर्निमाण हुने क्रम पनि स्वरों र कक्षा थप हुँदै जाँदा कक्षाकोठा थप गर्न आवश्यक भएकोले तत्कालीन मा.वि.स. निर्वाचन क्षेत्र विकास कोषको सहयोग स्थानीय स्रोत र चन्दा साथै शिक्षा मन्त्रालयको योजनाबाट विभिन्न समयमा भवनहरू निर्माण मा पुराना भवनादक २०५२ सालको भूकम्पबाट क्षति भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा पक्की भवनहरू निर्माण भएका छन्। जसमा निम्न अनुसार छन् ।
१. जिल्ला शिक्षा कार्यालय र चन्दा सहयोगबाट निर्मित ४ कोठे पक्की भवन १ र पुनर्निर्माण प्राधिकरणको सहयोगमा निर्मित ४ कोठे पक्की भवन २ गरी ४ कोठे पक्की भवन संख्या जम्मा ३
२. राष्ट्रपति शैक्षिक सुधार परियोजनाको सहयोगमा निर्मित २ कोठे पक्की भवन संख्या १ ३. विद्यालयको निजी स्रोत र चन्दाबाट निर्मित १ कोठे कच्ची भवन १ ४. शौचालय २

विद्यालयको शैक्षिक अवस्था
(क) शिक्षक दरबन्दी
विद्यालय माध्यमिक तह सञ्चालन गर्न अनुमति प्राप्त भएपनि हालसम्म तहगत रुपमा दरबन्दी स्वीकृत नहुँदा तहगत र विषयगत निजी शिक्षकको लागि विद्यालयले ठूलो आर्थिक भार बोक्नुपरेको छ । विद्यालयमा मौजुदा शिक्षक दरबन्दी यस प्रकार छ।
अ प्राथमिक तहमा दरबन्दी ७ र अनुदान कोटा २ गरी जम्मा ९
आ.निम्न माध्यमिक तहमा दरबन्दी १ र अनुदान कोटा २ गरी जम्मा ३
ई. माध्यमिक तहमा सरकारी तहबाट कुनै पनि नभएको र निजी स्रोतबाट जम्म १

Back to top button