पर्वतको कुश्मा नगरपालिका ७ खरेयामा एक यूवती मृत अवस्थामा फेला

पर्वत । पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा पर्ने मोदी खोलामा एकजना युवतीको बेवारिसे शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार अन्दाजी २० वर्ष उमेरकी ती युवतीको सनाखत हुन सकेको छैन ।

ह्यापी होली लेखिएको सेतो टिसर्ट र कालो ट्र्याक लगाएकी ती युवतीको शव पोस्टमार्टमका लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ । आफ्नो मान्छे हराएको भनी प्रहरीमा रिपोर्ट नआएका कारण पनि शवको सनाखत गर्न नसकिएको प्रहरीको भनाइ छ । होलीको टिसर्ट लगाएका कारण उनको मृत्यु पहाडमा होली मनाइएको दिन बिहीबार भएको हुन सक्ने देखिएको छ ।

Back to top button