ढोरपाटनलाई गण्डकी प्रदेशको समृद्धिसँग जोड्नुपर्नेमा मुख्यमन्त्रीको जोड

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई गण्डकी प्रदेशको समृद्धिसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ ।बाग्लुङका विभिन्न कार्यक्रममा सहभागी हुँदै उहाँले नेपालको एकमात्र सिकार आरक्षका रुपमा रहेको ढोरपाटन स्वदेशमा मात्रै नभएर विदेशमा पनि चासो र चर्चा पाएको स्थल भएकाले यसलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्नेमा जोड दिनुभएको हो ।

ढोरपाटनसहित आसपासका क्षेत्रमा पूर्वाधार निर्माणसँगै नागरिकको अपेक्षा अनुरुप विकासका गतिवधि अघि बढाउन सरकार प्रतिबद्ध भएको भन्दै मुख्यमन्त्री पोखरेलले प्राथमिकताअनुसार योजना तय गरिने पनि बताउनुभयो ।विद्यमान कानुनी अड्चनलाई अन्त्य गर्नेतर्फ सरकार गम्भीर भएको भन्दै सरकारले वन ऐन ल्याउने तयारी गरेको पनि जानकारी दिनुभयो ।ढोरपाटन सिकार आरक्षबाट भइरहेका कामबारे मुख्यमन्त्रीले जानकारी समेत लिनुभएको थियो ।साभार उज्यालो अनलाईन

Back to top button