पछिल्लो २४ घण्टामा देशभर ५१ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५१ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ९ सय १४ जनामा नमुना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी, बिहीबार ३९२ जना संक्रमणमुक्त भएका छन् ।हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय ९६ रहेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ ।साभार ईमेज खबर

Back to top button