होली खेलेर सेल्फी खिच्ने क्रममा चौथो तलाबाट लडेर एकजना मृत्यु

काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गामा होली खेलेर सेल्फी खिच्ने क्रममा आफ्नै घरको चौथो तलाबाट लडेर एकजना महिलाको मृत्यु भएको छ ।गोलढुंगा बस्ने ४३ वर्षीया जीवनकुमारी खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । सेल्फी खिच्ने क्रममा रेलिङ भाँचिएर लड्दा गम्भीर घाइते भएकी खड्कालाई नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।रेलिङ भाँचिदा लडेर घाइते भएकी ३८ वर्षीया अन्जु कार्कीको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ ।साभार ईमेज खबर

Back to top button